२०७४ बैशाख १ गतेलाई रिलिज डेट लक गरिएको निखिल उप्रेती स्टारर मूभी ‘राधे’ को धुँवादार ट्रेलर सार्वजनिक भएको छ । प्रेम र रोमान्सभन्दा एक्सनलाई प्राथमिकतामा राखिएको ट्रेलरमा निखिललाई कमाण्डोको भूमिकामा देख्न सकिन्छ । ट्रेलरमा चलचित्रका प्रत्येक कलाकारहरुको पीडा देखाउन खोजिएको छ । नायिका प्रियंका कार्कीको एक बेडसिन पनि ट्रेलरमा राखिएको छ । चलचित्रमा निखिल धा कृष्ण नेपाल’ को भूमिकामा छन् । जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राधे’ मा निखिलका अलवा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ । त्यस्तै, चलचित्रमा हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।