अमेरिकन एक्ट्रेस क्रिस्टन स्टीवर्टले नयाँ लुक अपनाएकी छिन् । हालैमा एक फिल्मदको स्क्रीनिंगको दौरान क्रिस्टनलाई लस एन्जेल्समा यो लुकमा देखिएको थियो । अब उनलाई चिन्न पनि निकै मश्किल छ । केही व्यक्तिले उनलाई चिन्न पनि सकेनन् जब उनी रेड कार्पेटमा नयाँ हेयर कटसँग मिडियाको अगाडी पोज दिइन ।
२६ बर्षिय ट्वाइलाइट एक्ट्रेसले आफ्नो बाक्लो कपालको शेव गरेकी छिन् र आफ्नो कपाललाई ब्लीच गरेकी छिन् । त्यस दौरान उनका फ्यान उनलाई अचम्मित नजरले हेरेको देख्न सकिन्थ्यो । बताइदिउँ कि उनले आफ्नो कपाल अपकमिंग फिल्म ‘अण्डरवाटर’ का लागि काटेकी हुन । एक सुत्रका अनुसार, ‘अण्डरवाटर’ को कहानी एक साइन्टिफिक क्रूको हो, जो समुन्द्रको गहिराईमा एक खतरनाक यात्रामा निक्लिन्छ र भूकम्पको सामना गर्दछ ।