आहान शेट्टी विदेशमा ट्रेनिंग लिइरहेका छन् र भारतमा उनको फिल्मको काम अहिले तिव्र गतिमा भइरहेको छ । निर्माता साजिद नाडियाडवालाले एक्शन मसाला फिल्मका साथ आहानलाई बलीउडमा लञ्च गर्ने तयारीमा छन् । दक्षिणको तीन फिल्मको कहानीमा उनको टीम अहिले काम गरिरहेको छ । साजिदले आफ्नो लेखकलाई अप्रिलसम्मको म्याद दिएका छन् । मेबाट फिल्मको प्रीप्रोडक्शन सुरु हुनेछ । टाइगर श्राफलाई पनि नाडियाडवालाले दक्षिणको रीमेक मसाला फिल्मबाट लञ्च गरेका थिए । ‘हीरोपन्ती’ टाइगरको सफल डेब्यू फिल्म थियो । त्यस्तै गरि अयानको फिल्म पनि एक्सन र मसाला जनरमा केन्द्रित रहनेछ ।
आहान फिल्मको डिमाण्ड अनुसार एक्सनको ट्रेनिंग पनि लिनेछन् । शूटिंग नोभेम्बरबाट सुरु हुने तयारी भइरहेको छ । योभन्दा पहिला दुई महिना एक्सन र फिल्मको वर्कशपमा उनले समय दिनेछन् । आहान आफ्नो पिता सुनिल शेट्टी जस्तै एक्सन हिरोको पहिचान बनाउने सोचमा छन् ।