विवाहको तीन बर्षपछि ‘बिग बोस’ की एक्स-कन्टेस्टेन्ट पाकिस्तानी एक्ट्रेस वीना मलिक आफ्नो श्रीमान असद खटकबाट अलग भएकी छिन् । रिपोर्ट्सको खबरलाई मान्ने हो भने वीना फिल्ममा पुनः कमब्याक गर्न चाहेकी थिइन तर यो कुरा श्रीमान असदलाई मन परेन । यसै मुद्धामा उनीहरु बीच राम्रै झगडा भएको भारतीय मिडियाहरुले दाबी गरेका छन् । खबरका अनुसार, उनीहरु अलग हुनुको मुख्य कारण पनि यही विषय थियो । यसै बर्ष जनवरीमा वीनाले लाहौरको फेमिली कोर्टमा डिभोर्सका लागि मुद्धा दर्ता गरेकी थिइन ।
वीनाको मुद्धामा असदको तर्फबाट कुनै आपत्ति आएन र कोर्टले अन्ततः वीनाको खुल्ला एप्लीकेशन एक्सेप्ट गर्यो र गएको महिना बिना कुनै विवादका बीच डिभोर्सको मन्जुरी दिएको छ ।
वीनाले डिसेम्बर २०१३ मा दुबई बेस्ड बिजनेसम्यान असद खटकसँग विवाह गरेकी थिइन । २२ सेक्टेम्बर २०१४ मा उनले छोरा अवरामलाई जन्म दिइन् र ठिक यसको एक बर्षपछि २३ सेक्टेम्बर २०१५ मा उनी छोरी अमालकी आमा बनिन् । बताइएको छ कि असद चाहन्थे वीना फिल्ममा फर्किनु भन्दा बच्चाहरुको रेखदेख गरोस् तर वीना त्यो मान्न तयार थिइनन् ।