अमेरिकी एक्ट्रेस स्कार्लेट जोहानसनले आफ्ना पति रोमेन डारिएकसँग डिभोर्सका लागि अदालतमा मुद्धा दुर्ता गरेकी छिन् । यो मुद्धा दर्ता भएपछि उनीहरु एकसाथ एउटै घरको छतमुनी रहने छैनन् । यी दुईको २ बर्षकी एक छोरी समेत छिन् । यी दुईले आफ्नी छोरीलाई आफु आफुसँग राख्नका लागि पहल गरिरहेका छन् ।
जोहानसनलाई यो विश्वास छ कि जज उनीसँग छोरीको प्राथमिक कस्टडी दिनेछन् । दोस्रो तर्फ डारिएकका वकिलको यो भनाई छ कि डारिएक आफ्नी छोरीसँग फान्स जान चाहन्छन् । यो भन्दा पहिला यी दुईको बीच सम्झौता भएको थियो । त्यस अन्तर्गत डारिएक र स्कार्लेटलाई छोरीसँग समय विताउने अनुमती दिइएको थियो । बताइदिउँ कि जोहानसनले यो दोस्रो पटक डिभोर्स गर्न लागेकी हुन । योभन्दा अगाडी उनले एक्टर रेयान रेनाल्ड्ससँग डिभोर्स गरेकी थिइन । यी दुईको सम्बन्ध २०१० मा सकिएको थियो । जोहानसन र डारिएक सबैभन्दा पहिला २०१२ मा भेट भएका थिए । त्यसपछि उनीहरुले २०१४ मा एक समारोहका बीच विवाह गरे र २०१६ मा अलगिने निर्णय गरे ।