‘बाहुबली २’ २०१७ को मोस्ट अवेटेड फिल्म हो, जसको प्रतिक्षा दर्शकहरु गएको २ बर्षदेखी गरिरहेका छन् र खासमा यो जान्नका लागि कि आखिर कटप्पाले बाहुबलीलाई किन मारे ? अब बाहुबली २ को जुन पोष्टर हालैमा सार्वजनिक भएको, त्यसपछि त झन फिल्मको प्रतिक्षा गर्न मश्किल भएको छ । हो, ‘बाहुबली २’ का डायरेक्टर राजमौलीले नयाँ पोष्टर सार्वजनिक गरेका छन्, जसमा कटप्पाको काखमा बाहुबली छन् र तल कटप्पाले बाहुबलीलाई मार्दै गरेको तश्वीर देख्न सकिन्छ । यो पोष्टर अहिलेसम्मका अन्य पोष्टर भन्दा इन्टरेस्टिंग छ । फिल्म ‘बाहुबली २’ को नयाँ पोष्टर सार्वजनिक गर्दै राजमौलीले लेखे, ‘The boy he raised..The man he killed.’ तपाईहरुलाई बताइदिउँ कि फिल्म २८ अप्रिलमा रिलिज हुँदैछ र फिल्मको ट्रेलर यही बिहिबार रिलिज हुँदैछ ।