मोस्ट अवेटेड फिल्म ‘बाहुबली : द कन्क्लूजन’ को ट्रेलरको साउथ इण्डियन भर्जन रिलिज भएको छ । एस.एस. राजामौलीको निर्देशनमा बनेको यो फिल्मको ट्रेलरमा प्रभास, राणा दग्गुबती र अनुष्का शेट्टीको एक्सन अवतार देख्न सकिन्छ । यसको अलवा ट्रेलरमा यो स्पष्ट छ कि यो पार्टमा देवसेना (अनुष्का शेट्टी) र महेन्द्र बाहुबली (प्रभास) को लभस्टोरी पनि देखाइएको छ । ट्रेलरमा थोरै भएपनि उनीहरुको रोमान्टिक अवतार देख्न सकिन्छ । कटप्पा (सत्यराज) को झलक पनि ट्रेलरमा देख्न सकिन्छ । तर, अघिल्लो पार्टमा मुख्य भूमिका निर्वाह गरेकी तमन्ना भाटिया ट्रेलरबाट गायव छिन् । बताइदिउँ कि यो फिल्म यसै बर्षको अप्रिल २८ मा रिलिज हुँदैछ ।