हलीउड अभिनेत्री जेन फोन्डाले खुलासा गरेकी छिन् कि जब उनी बाल्यावस्थामा थिइन् तब उनीमाथी बलात्कार भएको थियो । द हलीवुड रिपोर्टरका खबरका अनुसार, ७९ बर्षकी अभिनेत्रीले नेट-ए-पोर्टरको पत्रिका ‘दि एडिट’ का लागि ब्री लार्सनलाई दिएको अन्तर्वार्तामा बताइन् कि उनको जिन्दगीमा आउने पुरुषहरुको अगाडी उनी सधै नै आफुलाई छोटो महशुस गर्छिन ।
फोन्डाले लार्सनलाई बताइन्, ‘मेरो बलात्कार गरियो । जब म बच्चा थिएँ, तब मेरो यौन उत्पीडन गरियो र मलाई निकालिदिइयो किनकी म बोससँग सुतेकी थिइन् । मलाई सधै यही लाग्थ्यो कि यो मेरो गल्ती हो, कि म सही समयमा सही चिजहरु र कुराहरु गर्दिन थिएँ । यदी कसैले मलाई कुनै चिजको प्रस्ताव दियो भने म नाइँ भन्दिन थिएँ किनकी मलाई यो सही र यो गलत हो भन्ने नै थाहा थिएन् । र, यसैको फाइदा उठाए धेरैले ।’