भारतीय अभिनेत्री प्रियंका चोपडाले भनेकी छिन् कि उनको जीवन खुशीले भरिएको छ र उनलाई प्रेमीको आवश्यक छैन । वेबसाइट ‘डेलीमेल डटकम डट यूके’ का अनुसार, म्यारी क्लेयर पत्रिकासँग एक अन्तर्वार्ताको क्रममा ३४ बर्षकी प्रियंकाले भनिन्, “म प्रेमीको खोजीमा छैन । म यसमा भरोसा गर्दिन ।”
यहाँसम्म कि नायिका प्रियंका आफुलाई सुन्दर मान्दिनन् । किशोरावस्थामा उनकी आमाले उनलाई मिस इण्डिया प्रतियोगितामा प्रवेश गराइन्, जसमा उनले जित हासिल गरिन् । प्रियंकाले बलीउडमा आफ्नो करियर बनाएपछि उनले हलीउडमा हात हालिन् । अमेरिकी ‘क्वांटिको’ सिरियलबाट उनले राम्रै चर्चा बटुलिइन् । हाल उनी ‘बेवाच’ को रिमेकलाई लिएर तयारी अबस्थामा छिन् ।