बलीउड अभिनेत्री आलिया भट्टका लागि २०१६ निकै राम्रो रह्यो । उनका तीन फिल्म हलमा लागेका थिए र तीनै फिल्म हिट भयो । २०१६ को सबै अवार्डस्मा उनलाई बेस्ट एक्ट्रेसको अवार्ड ‘उडता पंजाब’ बाट मिल्यो । अहिले २०१७ मा उनको पहिलो फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ सुपरहिट हिटको दौडमा छ । अब आलिया भट्टले सिधै सेप्टेम्बरबाट ड्रैगन फिल्मको शूटिंग गर्नेछिन्, उक्त फिल्ममा उनका अलवा रणवीर कपूरको पनि मुख्य भूमिका रहनेछ । सेप्टेम्बरसम्मका लागि भने आलिया फिल्मबाट टाढा रहने बताइएको छ । अब यो सोच्ने विषय बनेको छ कि यत्रो समय आलियाले के गर्नेछिन् । तर, आलियाले यसको पनि पूरा तयारी गरिसकेकी छिन् ।
आलिया यो ६ महिना पियानो र कत्थक क्लास जान चाहन्छिन् । यतिमात्र होइन यो अवधिमा आलिया भट्ट कुकिंग सिक्न पनि चाहन्छिन् । आलिया भट्ट हालैमा आफ्नो घरमा शिफ्ट भएकी छिन् र उनलाई आफ्नो घरमा पार्टी गर्न निकै मन लाग्छ । यसैले पनि उनी यो ६ महिनाको अवधिमा कुकिंग सिक्न चाहन्छिन् । ६ महिना आफुलाई मात्र समय दिन लागेकी आलियाले यसपछि भने रणवीर कपूरसँग काम गर्न सुरु गर्नेछिन् ।