‘बाहुबली : द कनक्लूजन’ का निर्देशक एस.एस. राजामौलीले फिल्ममा कटप्पाले चलाएको तरवार बलीउड निर्माता तथा निर्देशक करण जोहरलाई गिफ्ट गरेका छन् । करण फिल्म निर्माणका हिस्सा भएका कारण राजामौलीले उनलाई तरवार गिफ्ट गरेका हुन ।
राजामौलीले बिहिवार मुम्बईमा भएको ‘बाहुबली : द कनक्लूजन’ को ट्रेलर लञ्च कार्यक्रममा उक्त तरवार करण जोहरलाई निर्देशक राजामौलीले गिफ्ट गरेका हुन । तपाईहरुलाई बताइदिउँ कि करण जोहरालाई निर्देशक राजामौलीले गिफ्ट गरेको तरवारले फिल्म ‘बाहुबली’ मा कटप्पाले बाहुबलीलाई मारेका थिए ।
ट्रेलर लञ्च कार्यक्रममा अभिनेता प्रभास, राणा दग्गुबाती, निर्माता शोबू यार्लागद्दा तथा प्रसाद देविनेनीका साथै राजामौली र करण पनि उपस्थित थिए । यो फिल्म यसै बर्षको अप्रिल २८ मा रिलिज हुँदैछ ।