झण्डै २ बर्षदेखी दर्शकहरु एउटै प्रश्नको खोजीमा छन्, ‘आखिर किन मारे त कटप्पाले बाहुबलीलाई ?’ यस कारण पनि ‘बाहुबली : द कन्क्लूजन’ लाई दर्शकहरु हलमा लाग्ने डेटको प्रतिक्षा गरिरहेका छन् । केही दिन अगाडी रिलिज भएको ट्रेलरले पनि ‘किन मारे त कटप्पाले बाहुबलीलाई ?’ भन्ने खुलाएको छैन । मुम्बईमा भएको ट्रेलर लञ्ज कार्यक्रममा करण जोहर, प्रभास, राणा दग्गुबाती जस्ता स्टारहरु सहभागी थिए । त्यस दौरान निर्देशक राजमौलीले भने, “हामी क्याईमेक्स, नवेल, वर्चुअल रियलिटी फिल्महरु जस्तै विभिन्न माध्यमहरुबाट ‘बाहुबली’ को दुनियाँ जारी रहनेछ, जसबाट दर्शकहरुले कहानीको आनन्द लिन सकुँन ।” उनीका अनुसार, फिल्मको दोस्रो भाग पहिलो भागको सिक्वेल होइन मात्र कहानीको अन्त्यको विस्तार मात्रै हो ।
तर, यति बेला करोडौं दर्शकहरुको यही प्रश्न छ कि ‘कट्टप्पाले बाहुबलीलाई किन मारे ?’ यस विषयमा ट्रेलर लञ्च कार्यक्रममा पत्रकारले निर्देशक राजामौलीलाई प्रश्न गर्दा उनले भने कि आगामी फिल्मलाई सही ढंगबाट पेश गर्नका लागि उनीमाथी दवाब थियो ।
राजमौलीले भने, “म यो कुरा मान्छु कि मेरो फिल्ममा मिल्ने ट्रोलको संख्या सिधै दर्शकको संख्याको अनुपातमा छ, जो फिल्मबाट प्रभावित छन् । मानिसहरु कुरा गरिरहेका छन् र यो फिल्मको प्रतिक्षा पनि गरिरहेका छन् । यसको अर्थ यो हो कि उनीहरु यसबाट प्रभावित छन् ।” ‘बाहुबली : द कन्क्लूजन’ २८ अप्रिलमा रिलिज हुँदैछ ।