बलीउडका सुपरस्टार शाहरुख खान मान्छिन् कि फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा सञ्जय दत्तभन्दा दमदार काम उनी गर्न सक्दैन थिए । निर्माता विधु विनोद चोपडाले सञ्जय दत्तभन्दा पहिला ‘मुन्नाभाई’ को भूमिका निर्वाह गर्नका लागि शाहरुख खानलाई अफर गरेका थिए तर शाहरुख खानले काम गर्न अस्वीकार गर्दा उनको भूमिका सञ्जय दत्तलाई मिलेको थियो ।
यो फैसलालाई लिएर कुनै दुख त छैन भन्ने पत्रकारको प्रश्नमा शाहरुख खानले भने, ‘‘मलाई लाग्छ कि फिल्म, अभिनेताको किस्मतका अनुसार मिल्छ । मलाई लाग्दैन कि सञ्जयजस्तो दमदार भूमिका म यो फिल्म गर्न सक्थें । मेरो विचारमा सञ्जयले यो फिल्ममा निकै राम्रो काम गरेका छन् ।’’
शाहरूखले आफ्नी आमाको नाममा बनाइएको ‘बोन मेरो ट्रान्सप्लान्ट र बर्थिंग सेन्टर’ को उद्घाटनमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।