यही चैत ११ गतेबाट रिलिज हुन लागेको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ को रक गीत रिलिज भएको छ । सार्वजनिक ‘रन अन गन’ बोलको गीतमा सविन राई र ‘द इलेक्ट्रिक्स्’ ब्याण्डका सदस्यहरुको स्वर रहेको छ । गीतमा शब्द संगीत दीपक आरेको छ ।
स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियममा छायांकन गरिएको यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्ट लगायतका कलाकारको अभिनय छ । चलचित्रमा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन, दीपक आरजेको संगीत छ । डम्बर बहादुर चन्द निर्माता रहेको चलचित्रमा इन्द्रप्रसाद खरेल सह-निर्माता, सहदेव गौतम कार्यकारी निर्माता एवं सानुका कँडेल प्रस्तुतकर्ता छन् ।