आलिया भट्ट र वरुण धवन स्टारर फिल्म ‘बद्रीनाथ की दुल्हनिया’ ले अहिले बक्सअफिसमा दमदार कमाई गरिरहेको छ । रिलिजपछि यो फिल्मले प्रदर्शनको नौं दिनमा ८३.७७ करोडको कमाई गरिसकेको छ ।
फिल्मले आफ्नो दोस्रो विकेन्डमा कमाईको शिलशिला कायमै राखेको छ । बलीउड पण्डितका अनुसार, यो फिल्म यस हप्ता भित्रै सय करोड क्लबमा प्रवेश गर्नेछ ।
यो फिल्मले सफलता हासिल गरेसँगै रेकर्ड पनि बनाएको छ । वेबसाइट कोइमोइ डट कमका अनुसार, बम्पर कमाई गरिरहेको यो फिल्म आलिया भट्टको दोस्रो सबैभन्दा बढी कमाई गर्ने फिल्म पनि बनेको छ । आलियाको सबैभन्दा बढी कमाई गर्ने फिल्म ‘३ स्टेट्स’ हो । यो फिल्मले आफ्नो लाइफ टाइम बिजनेस १०४ करोड थियो । त्यसपछि ‘हम्प्टी शर्मा की दुल्हनिया’ को नम्बर आउँछ, जसले ७८ करोडको विजनेश गरेको थियो । अब ‘बद्रीनाथ की दुल्हनिया’ ले आफ्नो पहिलो पार्ट ‘हम्प्टी शर्मा की दुल्हनिया’ को कमाईलाई समेत छोडिदिएको छ ।