अर्को बर्ष आधा दर्जन बढी प्रतिक्षित मानिएका चलचित्रहरु हलमा लाग्ने तयारीमा छन् । अनमोल केसीको ‘कृ’ देखी दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पन्जा फेरी’ सम्म । यी चलचित्रहरु निर्माण अगावैदेखी प्रतिक्षित बनिरहेका छन. । यसै बीच अर्को बर्षको भदौलाई रिलिज मिति तोक्दै निर्देशक निश्चल बस्नेत अभिनित चलचित्र ‘दुई रुपैयाँ’ पनि हलमा लाग्ने भएको छ । अब यो चलचित्र अर्को बर्षको भदौ २३ गतेबाट हलमा लाग्ने निर्माण कम्पनी ब्ल्याक हर्स र जी ट्वान्टी वनले जानकारी दिएको छ । चलचित्र ‘दुई रुपैयाँ’ मा निश्चल निर्देशक भएर होइन एक कलाकार भएर अभिनयमा उत्रिएका छन् । यो चलचित्रको अहिले पूर्वका विभिन्न जिल्लाहरुमा छायाँकन भइरहेको छ । पूर्ण कमेडी कथामा बन्ने यो चलचित्रमा निश्चलका अलवा अशिफ शाह, वुद्धि तामाङ (हैट), राजन इसान, रविन्द्र झा, प्रमोद अग्रहरि, मेनुका प्रधान, प्रतिकराज न्यौपाने, टिका पहारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई असिम शाहले निर्देशन गर्दैछन् ।
बताइदिउँ कि अर्को बर्षको भदौमा प्रतिक्षित अर्का दुई चलचित्र ‘ग्याङस्टर ब्लुज’ र ‘कृ’ पनि हलमा लाग्दैछन् । आना शर्मा, आशिरमान देशराजको ‘ग्याङस्टर ब्लुज’ भदौ २ गते रिलिज हुँदैछ भने अनमोल केसी अभिनित चलचित्र ‘कृ’ भदौ ८ गतेबाट ।
हालैमा चलचित्र ‘कृ’को रिलिज डेट एक दिन अघि सर्दै भदौ ८ गतेलाई तय गरिएको छ । यस्तै, चलचित्र ‘छक्का पन्जा फेरी’ ले भदौ १६ गतेलाई फाइनल गरिएको रिलिज डेट छोड्दै असोज ११ गतेबाट हलमा लाग्ने निधो गरेको छ ।