भारतको सर्वाधिक हिट शो ‘द कपिल शर्मा शो’ मा डाक्टर मसुर गुलाटी र रिंकु भाभीको चरित्रमा देखिँदै आएका अभिनेता सुनिल ग्रोभरले शो छोड्ने भएका छन् । शनिबार एक खबर आएको थियो कि कपिल शर्मा र सुनिल ग्रोभरबीच झगडा भएको थियो । उक्त झगडा पछि सुनिलले मिडियालाई कुनै पनि प्रतिक्रिया दिएका छैनन् तर कपिलको दुर्व्यवहारको कारणले सुनिलको आत्मसम्मानमा चोट पुगेको र उनले शो छोड्ने मनसाय बनाएको स्रोतले बताएको छ । यसै विषयलाई लिएर कपिल शर्माले भने एक लामो फेसबुक पोस्ट लेख्दै स्पष्टिकरण दिएका छन् । कपिलले भनेका छन् कि सुनिल र उनको लडाई भन्दा अरु धेरै नै जरुरी मुद्धा छन् जसको बारेमा कुरा हुन जरुरी छन् । तर, कपिलको यो पोस्ट माथि हजारौं फ्यानहरुले प्रतिक्रिया दिएका छन् । धेरैले भनेका छन् कि कपिललाई स्टारडमको घमण्ड चढेको छ । कपिलले फेसबुक पोस्टमा भनेका छन् कि उनी सुनिल ग्रोभरलाई आफ्नो दार्इ मान्छन् र धेरै नै सम्मान गर्छन् । उनले भनेका छन् कि शोका सबै सदस्यहरु एक परिवारको रुपमा रहेका छन् र परिवारमा सानो सानो विवाद त आँउछ तर मिडियामा आएको जस्तो ठूलो झगडा भएको र उनले सुनिल ग्रोभरलाई दुर्व्यवहार नगरेको जिकिर गरेका छन् ।
तर, रिपोर्टहरुको अनुसार अष्ट्रेलियाबाट आएको बेलामा फ्लाइटमा नै कपिलले रक्सिको नशामा सुनिललाई गालीगलौज गर्दै उनलाई हातपात गरेका थिए ।