इण्डिया टुडे कनक्लेभ सन् २०१७ को दोस्रो दिनमा बलीउडका प्रख्यात निर्माता तथा निर्देशक करण जोहर उपस्थित थिए । कार्यक्रममा करणलाई विभिन्न प्रश्नहरु सोधिएको थियो भने करणले पनि कुरा तौलिए उत्तर दिए । सोही क्रममा उनलाई शाहरुख खान, ऐश्वर्या राय र सिद्धार्थ मल्होत्रा मध्ये को सँग विवाह गर्न चाहनुहुन्छ भनि पत्रकारले प्रश्न गरे । तब करणले निकै नै अप्रत्यासित जवाफ दिए । उनले आफुलाई शाहरुख खानसँग विवाह गर्ने इच्छा रहेको बताए । यसको कारण उनले निकै रोचक रहेको पनि बताएका छन् । शाहरुखको घर आफूलाई निकै मनपर्ने भएकाले आफूले शाहरुखसँग विवाह गर्ने सम्भावना रहेको उनले बताएका थिए । शाहरुखले आफुलाई जस्तोसुकै परिस्थितीका बाबजुद साथ र सहयोग गरेको करणले आफ्नो बायोग्राफी पुस्तकमा समेत उल्लेख गरेका छन् ।