एक इवेन्टमा बलीउडस्टार शाहरुख खानलाई सोधिएको थियो, ‘कुन कुरा यस्तो छ, जसले उनलाई दिकदार बनाउँछ कि आफ्ना बच्चाहरुसँग बढी समय विताउन दिएको छैन ?’
शाहरुखले भने, ‘यो ठूलो कुरा हो । बच्चाहरुसँग धेरै भन्दा धेरै समय विताउने एउटै मात्र बाटो छ म हेल्दी रहुँ । आफ्नो छोरा र छोरीसँग ५० बर्षको उमेरमा साथमा रहनु राम्रो कुरा हो । म चाहन्छु कि आफ्नो बच्चासँग २० २५ बर्ष अझै विताउँ । यसका लागि मैले धुम्रपान र माधक पदार्थ सेवन गर्न छोड्ने तयारीमा छु । हेल्दी र ह्याप्पी रहनका लागि एक्सरसाइज र कम ड्रिंकिंग वा स्मोकिंग गर्नेछु ।’
शाहरुखले अगाडी भने, ‘म १५ बर्षको हुँदा मेरो पिताको निधन भयो र उहाँ नुहँदा मलाई सम्हाल्ने कोहिँ थिएन र मैले त्यस बेलादेखी नै ड्रिंकिंग र स्मोकिंग गर्न सुरु गरेको हुँ । म यो चाहन्न कि म नुहँदा मेरो बच्चाहरुले पनि यस्तो गरुँन ।’