डायन जोन्सन अर्थात रक विश्वकै बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । हालै फोब्र्स पत्रिकाले उनलाई २०१६ मा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा राखेको छ । ‘द मम्मी’बाट हलीउड चलचित्रमा प्रवेश गरेका रकले विगत १५ बर्षमा ६४.५ विलियन अमेरिकी डलरको कमाइ गरेको फोब्र्स पत्रिकामा उल्लेख छ । आफु विश्वकै पहिलो सर्वाधिक पारिश्रमिक लिने अभिनेताको रुपमा फोब्र्सले सूचिकृत गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै रकले यस्तो समाचारले आफुलाई सधै परिश्रमका साथ काम गर्ने प्रेरणा मिल्ने बताए ।