ऐश्वर्या राय बच्चन र फिल्ममेकर करन जोहरको मित्रतामा दरार आएको छ । मिडियाको रिपोर्टका अनुसार, अहिले उनीहरुको सम्बन्ध राम्रो छैन । उनीहरुको सम्बन्ध विग्रिसकेको छ र उनीहरु प्याचअप गर्ने तयारीमा पनि छैनन् ।
ऐश-करनको सम्बन्ध ‘ऐ दिल है मुश्किल’ को प्रमोशनको क्रममा विग्रिएको थियो । खासमा, जब फिल्मको प्रमोशन गर्ने बेला आएको थियो तब अनुष्का शर्मा आफ्नो प्रोजेक्टमा बिजी थिइन् । जसकारण, उनले पूरा समय फिल्मको प्रमोशनमा दिन पाएकी थिइनन् । यस्तैमा करनले चाहेका थिए कि अनुष्का बिना नै ऐश्वर्या फिल्मको प्रमोशन गरोस् । तर, करन यो चाहन्न थिए कि दर्शकहरुले ऐश्वर्यालाई नै फिल्मकी लीड एक्ट्रेस मानुन । त्यस बखत अनुष्काले ‘ऐ दिल है मुश्किल’ को प्रमोशनका लागि समय दिन नमानेपछि,फिल्ममेकर ऐशलाई पनि त्यहाँ जान मनाही गरेका थिए । ऐश्वर्यालाई यो कुरा मन परेन । ऐ दिल है मुश्किलको सक्सेसपछि करनले ऐश लाई नयाँ फिल्मको अफर दिएका थिए तर ऐश्वर्याले फिल्म गर्न अस्वीकार गरिन् । त्यसपछि उनीहरुबीच खासै राम्रो सम्बन्ध छैन ।