रियालिटी टिभीस्टार किम करदाशियनले भनेकी छिन् कि उनी पति र्यापर कान्ये वेस्टको तेस्रो सन्तानकी आमा बन्न चाहन्छिन् । वेबसाइट ‘डेलीमेल डट कम डट यूके’ का अनुसार, पारिवारिक टिभी शो ‘कीपिंग विद द कर्दशियन्स’ को आगामी एपिसोडको प्रोमोमा किमले यो कुराको खुलासा गरेकी हुन कि उनको योजना एक अर्को बच्चालाई जन्मदिने छ । यसभन्दा अगाडी दुई बच्चा छोरी नर्थ र छोरो सेन्टकी आमा किमले चिकित्सकसँग सल्लाह पनि लिएकी थिइन् कि अब तेस्रो सन्तानलाई जन्म दिनु कति उचित छ र स्वास्थ्यलाई असर पर्छ वा पर्दैन तर चिकित्सकले उनलाई अब यदी आमा बने ज्यान समेत जान सक्ने खबता रहेको बताएका थिए ।
किमले भिडियोमा भनेकी छिन्, “म एक अर्को बच्चालाई जन्मदिने सोचमा छु । म चाहन्छु कि मेरा बच्चाहरुको भाई बहिनी होस, तर चिकित्सकलाई यो लाग्दैन कि मेरो यो कदम सुरक्षित छ ।”
यसभन्दा पहिला किमले आफ्नो दुई गर्भावस्थाको दौरानमा निकै मुश्किल भएको बताएकी थिइन् ।