‘बाहुबली २’ २०१७ को सबैभन्दा प्रतिक्षित फिल्म मध्येको एक हो । यो फिल्म रिलिज भएपछि यो प्रश्नको पनि अन्त्य हुँदै छ कि, ‘आखिर कटप्पाले बाहुबलीलाई किन मारे ?’
त्यसो त, यो कुरा थाहा पाउनका लागि दर्शकहरु झण्डै २ बर्षदेखी ‘बाहुबली २’ को प्रतिक्षा गरिरहेका छन् । १५ मार्चमा रिलिज भएको फिल्मको ट्रेलर अहिलेसम्म १० करोडभन्दा बढी पटक हेरिसकिएको छ । ट्रेलरमा बाहुबली (प्रभास) र भल्लालदेव (राणा दग्गुबती) को घमासान युद्ध देख्न सकिन्छ । यी दुई एकअर्कामाथी भारी परिरहेका छन् । त्यसो त, अन-स्क्रीनमा कट्टर दुश्मनी निभाएपनि अफ-स्क्रीन उनीहरुको केमिस्ट्री गज्जबको हुने गर्छ । बाहुबलीको सेटबाट एक तश्वीर अहिले इन्टरनेटमा लिक भएको छ, तश्वीरमा यी दुई फुर्सदको पलमा छोटो लञ्च बक्सबाट केही खानेकुरा खाइरहेका छन् ।