हलीउड चलचित्र ‘थोर’ स्टार क्रिस हेम्सवोर्थले ‘स्टार ट्रेक’को अगामी श्रृखंलामा काम गर्ने पक्का भएको छ । यसअघि यो चलचित्रका लागि विभिन्न अभिनेताको नाम आएपनि चलचित्रमा क्रिस नै सुहाउने भएका कारण उनलाई पक्का गरिएको निर्देशक जेजे अब्राहमले जानकारी दिए । चाँडै छायाँकन सुरु हुने बताइएको यो चलचित्र ‘स्टार ट्रेक’को चौथो श्रृखंला हो। चलचित्रमा किर्स जर्ज क्रिकको भूमिकामा देखिने छन्।