सुरेन चन्दको आवाजमा रहेको ‘कर्मै खोटी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दुबईका विभिन्न रमणीय स्थानहरुमा खिचिएको भिडियोमा मोडलद्धय रविन कठायत, लिला र गोपाल फिचरिङ छन् । गीतको भिडियोमा रविनलाई धोका दिएर लिला गोपालसँग सल्किएपछिको घट्नालाई देखाइएको छ भने रविन लिलाको यादमा तडपिएको देख्न सकिन्छ । बवी गुरुङको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत छ । केशव कटुवालको डायरेक्शनमा तयार भएको भिडियोलाई देवराज आचार्यले खिचेका हुन ।