साउथ फिल्मका सुपरस्टार तथा एक्टर चिरञ्जीवीका छोरा रामचरण तेजा सोमवारबाट ३२ बर्षका भए । २७ मार्च, १९८५ मा चेन्नईमा जन्मिएका रामचरण साउथका ति चर्चित सुपरस्टार एक्टरमा हुन जसले बलीउड फिल्ममा समेत काम गरेका छन् । रामचरणले २०१३ मा बलीउड फिल्म जंजीरमा काम गरेका थिए, जुन फिल्म सुपरफल्प भएको थियो । यो फिल्ममा उनको अपोजिटमा नायिका प्रियंका चोपडा थिइन् । रामचरण अहिले जुन आलिसान घरमा बस्छन्, त्यो घरको मूल्य ९० करोडको रहेको छ ।
उनले सन् २०१६ मा ९० करोडको लागतमा यो घर किनेका थिए । उनले २०१६ मा नै आफ्नो प्रोडक्शन हाउस खोलेका थिए, जसको नाम कोन्निडेला प्रोडक्शन कम्पनी हो । रामचरणले १४ जुन, २०१२ मा अपोलो हस्पिटल्सको एग्जीक्यूटिव चेयरम्यान प्रताप सी रेड्डीकी छोरी उपासना कमिनेनीसँग टेम्पल ट्री फार्म हाउसमा विवाह गरेका थिए ।