बलीउडका सुपरस्टार सलमान खानका फिल्महरुले रिलिज अगावै आफ्नो लगानी सेभ गर्ने गर्छन । सलमानका १० वटा फिल्मले सय करोडमाथिको विजनेश गरिसकेका छन् । यसले के भन्छ भने सलमान खान बलीउडका ती एक्टर हुन, जसले बलीउड फिल्म इन्डष्ट्री नै थेगेका छन् । विश्वभर असंख्या फ्यान कमाएका सलमान खानको गएको बर्ष ‘सुल्तान’ रिलिज भएको थियो । यो फिल्मले घरेलू बक्सअफिसमा मात्रै ३०० करोडको विजनेश गरेको थियो । अब यतिबेला दर्शकहरुको नजर सलमान खानको अर्को फिल्म ‘ट्यूबलाइट’ माथि छ ।
भारतीय मिडियामा आएको खबरका अनुसार, सलमान खानको ‘ट्यूबलाइट’ ले रिलिज अगावै २० करोड कमाएको छ । सोर्सको खबरलाई आधार मान्ने हो भने फिल्मको म्यूजिक राइट्स २० करोडमा बिक्रि भएको हो । यो सलमानको यसअघिको फिल्म ‘प्रेम रतन धन पायो’ भन्दा बढी हो । यो फिल्म यसबर्षको सबैभन्दा ठूलो रिलिज हो र बलीउड पण्डितहरुले यो अनुमान लगाएका छन् कि सलमानको यो फिल्म गएको बर्ष रिलिज भएको ‘सुल्तान’ भन्दा पनि सक्सेसफूल हुनेछ ।