‘बाहुबली २’ यस बर्षको मोस्ट अवेटेड फिल्म मध्येको एक हो । फिल्मको पहिलो पार्ट हेरेपछि सबै दर्शकहरु गएको २ बर्षदेखी यो जान्न इच्छुक छन् कि, ‘आखिर किन मारे कटप्पाले बाहुबलीलाई ?’ यसको जवाफ कटप्पा आफैले आइतबार बाहुबली २ को प्री रिलिज इवेन्टमा खुलाए । ‘बाहुबली’ मा कटप्पाको भूमिका निर्वाहा गरेका सत्यराजले यो प्रश्न उठेपछि भने, ‘प्रोड्यूसर शोबूले मलाई प्रभासलाई मार्नका लागि धेरै राम्रो पैसा दिएका थिए । डायरेक्टर राजामौलीले मलाई बाहुबलीलाई मार्नका लागि निर्देशन दिए र मैले त्यसै गरे । नभए, म किन बाहुबलीलाई मार्थे होला र ?’