‘द कपिल शर्मा शो’ का डा. मशहूर गुलाटी उर्फ सुनील ग्रोवरको खबरलाई मान्ने हो भने अहिलेसम्म उनी ‘द कपिल शर्मा शो’ मा फर्किएका छैनन् । केही दिन अगाडी मिडियामा खबर आएको थियो कि सुनीलले कपिल शर्माको शो पुनः ज्वाइन गरिसकेका छन् । एक लीडिंग न्यूज वेबसाइटमा पब्लिश भएको खबरका अनुसार, सुनीलले कपिलको शोमा फर्किएको खबरलाई खण्डन गरेका छन् । उनले भने, ‘सबै झुटो हो ।’ तर, यस दौरान सुनीलले कपिलमाथि कमेन्ट गर्न भने इन्कार गरेका छन् । अष्ट्रेलयामा शो सकाएर भारत फर्किएको बखत फ्ल्याइटमा कपिलले सुनीललाई जुत्ता फुकालेर कुटेको खबर बाहिरिएपछि सुनीलले ‘द कपिल शर्मा शो’ मा काम गर्न इन्कार गरेको थिए । स्रोतका अनुसार, अहिलेसम्म सुनीलले अन्य शो साइन भने गरेका छैनन् । सुनीलका अनुसार, अहिले उनी लाइभ शोजलाई लिएर फोकस गरिरहेका छन् । र, अहिलेसम्म अन्य च्यानलमा पनि कुरा भएको छैन । सुनीलले हालैमा असममा एक लाइभ शो गरेका थिए र एक अप्रिलमा उनी दिल्लामा परफर्म गर्दैछन् ।