‘बाहुबली’ जस्तो फिल्मको सफलता पछि यसका निर्माता निर्देशक धेरै नै हौसिएका छन् । जोखिम उठाँउदै महंगो बजेटमा ऐतिहासिक र पौराणिक विषयवस्तुमा आधारित फिल्म बनाउन उनीहरु लागिपरेका छन् ।
‘बाहुबली’का निर्देशक एस.एस. राजामैली अब ‘महाभारत’को कथामा आधारित फिल्म बनाउने तयारीमा लागेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
खबरहरुका अनुसार, ‘बाहुबली २’ रिलिज भएपछि राजामौलीले ‘महाभारत’ को तयारी सुरु गर्नेछन् । राजामौलीको महाभारतमा बलिउडका महानायक अमिताभ बच्चन पनि देखिने छन् । तर, अहिले नै फिल्ममा उनको भूमिकाको बारेमा भने खुलाइएको छैन् । धेरैले अमिताभ भिष्म पितामहको भूमिकामा देखिने अनुमान गरेका छन् किनभने यस पहिले नै सन् २०१२ मा उनले एनिमेसन फिल्म ‘महाभारत’मा भिष्मको भूमिकाको लागि स्वर दिएका थिए । फिल्म तीन भागमा बनाइने र यसको लागि ८ सय करोड भारु भन्दा बढि लाग्ने अनुमान समेत गरिएको छ । उक्त फिल्ममा आमिर खान, रजनीकान्त श्रीकुमार लगाएतका सुपरस्टारहरु पनि देखिने बताइएको छ ।