सलमान खानका फ्यानहरुलाई खुशीको खबर आएको छ । यो त तपाईहरुलाई थाहा छ कि सलमान र कैटरीना कैफको जोडी फेरी एकसाथ ‘टाइगर जिंदा है’ मा फर्किदैछ । यो फिल्म २०१२ मा आएको एक था टाइगरको सिक्वेल हो । सलमान र कैटरीनाले फिल्मको फस्र्ट हाफको शूटिंग अष्ट्रेलियामा सकाइसकेका छन् ।
यतिक्कैमा एक खबर पनि बाहिर आएको छ, अस्ट्रिीयाको माहोलले सलमान र कैटरीनालाई यति नजिक बनाइदिएको छ कि उनीहरु फेरी अर्को फिल्म गर्ने प्लानिंगमा छन् ।
सलमान र कटरीना, ‘टाइगर जिंदा है’ पछि फेरी अर्को फिल्ममा पनि एकसाथ स्क्रिन शेयर गर्नेछन् । मिड डेको एक रिपोर्टका अनुसार, सलमान खान र कटरीना कैफ सलमानका भिनाजु अतुल अग्निहोत्रीले नयाँ फिल्ममा एकसाथ देखिन सक्ने संभावना रहेको छ । यो फिल्मको शूटिंग यसै बर्षको जुनबाट सुरु हुन सक्छ ।
सलमान खान र कटरीना कैफका फ्यानका लागि यो डबल डोज हुनेछ । डिसेम्बरमा फिल्म ‘टाइगर जिंदा है’ रिलिज हुनेछ भने त्यसको केही महिनापछि यो फिल्म रिलिज गर्ने तयारी भइरहेको छ ।