मलाइका अरोडा र अरबाज खानले १८ बर्षे बैबाहिक सम्बन्ध तोडेपछि अहिले उनीहरु आ आफ्नो जिन्दगी खुशीसाथ विताइरहेका छन् । २०१६ मा जब यो जोडीको डिभोर्सको कुरा बाहिर आयो तब सबै हैरान बनेका थिए । बैबाहिक सम्बन्ध तोडेपछि अहिले उनीहरु आ आफ्नो जिन्दगीको यात्रा अगाडी बढाइरहेका छन्, तर परिवार र छोराका लागि उनीहरु कहिले काँही भने एकसाथ देखिने गर्छन ।
मलाइकासँग टाढिएपछि अरबाजको जिन्दगीमा एक अर्की यूवतीको इन्ट्री भएको छ । मलाइकासँग अलग भएपछि एक अन्तर्वार्ताको क्रममा उनलाई सोधिएको थियो कि के तपाई दोस्रो बिहे गर्नुहुन्छ ? तब उनले जवाफ फर्काए, ‘यसका लागि धेरै समय बाँकी छ । म त्यो चरणबाट गुज्रिसकेको छु, जब म २६ बर्षको थिएँ ।’
हालैमा यस्तो अफवाह फैलिएको थियो कि अरबाज कुनै यूवतीसँग डेट गरिरहेका छन् र उनको तश्वीर धेरै पटक इन्स्टाग्रामा पनि देखिसकिएको छ । हालैमा जब अरबाजसँग ति यूवतीको बारेमा भारतीय मिडियाले प्रश्न गरे तब उनले जवाफ दिँदै भने, ‘कुन चाँही यूवती ? यदी तपाई येलो ड्रेस लगाएकी यूवतीको बारेमा सोध्दै हुनुहुन्छ भने उनी मेरो एकदमै मिल्ने साथी हुन । उनीसँग गोवामा छुट्टी मनाउने क्रममा भेट भएको थियो । उनको त्यहाँ एक रेस्टुरेन्ट छ ।’
उनीसँग फेरी सोधियो के उनी रोमानियन हुन ? तब उनले भने, ‘होइन उनी दोस्रो यूवती हुन, एलेक्जेन्ड्रिया । उनी मेरो साथी हुन । हो म डेट गरिरहेका छु तर हामी दुई होइन । अहिले धेरै लामो यात्रा तय गर्न बाँकी छ ।’