अजय देवगन ४८ बर्षका भएका छन् । २ अप्रिल १९६९ मा दिल्लीमा जन्मिएका अजयले बलीउडमा डार्क, एरोगेन्ट स्टन्ट र एक्सन हिरोको पहिचान बनाएका छन् तर उनी रियल लाइफमा भने निकै सिम्पल छन् । कयौं बलीउड स्टारहरु बर्थडेमा फोटोका लागि मिडियाहरुलाई बोलाउने गर्छन तर अजय देवगन भने आफ्नो फ्यामिली र फ्रेण्डसँग मनाउँछन् । अजय जब सेटमा हुने गर्छन तब आफ्नो क्रू मेम्बर्ससँग निकै सिगरेट र कुराकानी गर्ने गर्छन । उनको प्याकेटमा सधै नै सिगरेट र लाइटर हुने गर्छ ।
अजय भन्छन्, ‘ड्रिंक र स्मोकले मेरो फिटनेसलाई इफेक्ट गर्दैन । यसले फिल्मवाला र फ्यामिलीलाई कुनै असहज महशुस हुँदैन । भोडका मेरो ड्रिंक हो । म हरेक रात पानी र आइससँग लिने गर्छु । जब म योवन अवस्थामा थिए तब म रम पिउने गर्थे । मेरो पितालाई यो थाहा थिएन । त्यसपछि जब म एक्टर बने तब मैले व्हिस्की पिउन सुरु गरे । तर, यो पिउन थालेपछि मलाई विहान फिट महशुस हुँदैन थियो । यसपछि मैले बकार्डी लिन सुरु गरे । तर अहिले म भोडका ३ ४ प्याक लिने गर्छु । पहिला त म पूरै भोडकाको बोतल नै पिउने गर्थे । तर मेरो राम्रो कुरा के छ भने ड्रिंक र स्मोकले मेरो फिटनेशलाई कुनै असर गरेको छैन ।’