१९९२ मा ऋषि कपूर र दिव्या भारती स्टारर ‘दीवाना’ बाट बलीउडमा आफ्नो पाइला अगाडी बढाएका शाहरुख खानले बलीउडमा प्रवेश गरेको २५ बर्ष भएको छ । यो मौकामा हामी तपाईहरुलाई शाहरुख खानको यसअघि कहिले पनि नदेखिएको तश्वीर शेयर गरेका छौं । तश्वीरहरु ‘माई नेम इज खान’, ‘मैं हूं न’, ‘जब तक है जान’, ‘देवदास’, ‘कुछ कुछ होता है’, ‘स्वदेस’, ‘परदेस’, ‘चेन्नई एक्सप्रेस’, ‘पहेली’ जस्ता फिल्मको हो ।
फिल्ममा आउनुभन्दा अगाडी शाहरुखले १९८९ मा टिभी शो ‘फौजी’ बाट सुरु गरेका हुन् । १९९२ मा ‘दीवाना’ का लागि उनले फिल्मफेयर बेस्ट मेल डेब्यू अवार्ड समेत पाएका थिए । वितेको २५ बर्षमा उनले ८० भन्दा बढी फिल्ममा काम गरेका छन् । ‘दिलवाले दुल्हनिया ले जाएंगे’ ले उनलाई सबैभन्दा बढी पपुलर बनाएको थियो । ‘चेन्नई एक्सप्रेस’, ‘रा-वन’ जस्ता फिल्महरु उनको १०० करोड क्लबमा प्रवेश गरेका छन् । त्यस्तै, ‘स्वदेस’, ‘परदेस’, ‘देवदास’ मा उनको अभिनयलाई सबैले रुचाए । शाहरुखलाई पछिल्लो पटक फिल्म ‘रईस’ मा देखिएको थियो ।