न्यू टिभी सिरियल ‘ढाई किलो प्रेम’ की लिड एक्ट्रेस अञ्जलि आनन्दको कारण टेलिकास्ट हुनुभन्दा अगाडीदेखी नै चर्चामा छ । यो सिरियल दुई मोटा व्यक्तिको लभस्टोरीमा बेस्ड हो । यसका लागि मेकर्सले अञ्जलिलाई अझ वजन बढाउनका लागि प्रेसर दिएका थिए । यो समय अञ्जलीको वजन १०८ किलो छ । यो वजन उनले यो शोका लागि नै बढाएकी हुन । तर, उनले योभन्दा पनि बढी वजन बढाउनका लागि भने इन्कार गरेकी छन् ।
अञ्जलिले बलीउड भाष्करसँग कुराकानी गर्दै भनिन्, ‘म आफ्नो जिन्दगीमा एक्टिभ छु । म ट्याक्क र साइकिलिंगसँग प्रेम गर्छु । मैले यत्ति धेरै वजन बढाएको छु कि यो मेरो लागि पनि राम्रो होइन । मैले यो सिरियलका लागि वजन बढाए र अहिले मेरो वजन १०८ किलो छ । यस्तैमा अझै वजन बढाउनु निकै मुश्किल छ । त्यसैले पनि योभन्दा पनि बढी वजन बढाउन मैले इन्कार गरेकी छु ।’