धनुष स्टारर ‘वीआईपी-२’ बाट तमिल फिल्ममा कमब्याक गर्न लागेकी बलीउड अभिनेत्री काजोलले यो फिल्मको छायांकन सकाइसकेकी छिन् । यो फिल्म सौन्दर्याको निर्देशनमा बनेको हो । काजोलले शूटिंगको क्रममा सौन्दर्यासँग विताएको पलहरु सानदार रहेको बताएकी छन् ।
उनले भनिन्, ‘उनी प्रतिभावान महिला हुन, उनीसँग काम गर्न पाउँदा निकै खुसी छु ।’ फिल्ममा आफ्नो भूमिकालाई लिएर पनि काजोल निकै उत्साहित छिन् । यो फिल्मबाट नै काजोलले तमिल फिल्म इन्डष्ट्रीमा कमब्याक गर्न लागेकी हुन । काजोलले १९९७ मा तमिल फिल्म ‘मिन्सारा कानावु’ मा काम गरेकी थिइन् ।