बलीउडका सुल्तान सलमान खानसँग फिल्म ‘लकी : नो टाइम फर लव’ मा देखिसकेकी अभिनेत्री स्नेहा उल्लाल हालैमा मुम्बईमा भएको एक कार्यक्रममा देखा परिन् ।
स्नेहा मुम्बईमा फिल्म ‘अ डग्स परपस’ को स्पेशल स्क्रीनिंगका लागि उपस्थित भएकी थिइन । यो एक अमेरिकन कमेडी ड्रामा फिल्म हो ।
बलीउडमा इन्ट्री गरेपछि उनलाई बलीउड अभिनेत्री ऐश्वर्या रायको डुब्लिकेट भनेर चिन्ने गर्छन । बर्ष २००५ मा सलमान खानले स्नेहालाई आफ्नो फिल्ममा लिएर सबैलाई चकित बनाएका थिए ।
बताइदिउँ कि सलमान खानसँग डेब्यू गरेपछि स्नेहाले बलीउडमा कयौं फिल्ममा काम गरिन् तर लगभग सबै फिल्म बलीउड बक्स अफिसमा फल्प भए ।