हालैमा विशेष फिल्म्सको ३० औं एनिभर्सरीमा आदित्य रोय कपूर र श्रद्धा कपूर निकै नजिक भएको देखिएका थिए । तर, उनीहरुको यो निकटता श्रद्धाका ब्वायफ्रेण्ड फरहान अख्तरलाई मन परेन । यसै कारण फरहान र आदित्य राय कपूरबीच झगडा भएको खबर बाहिर आएको छ ।
‘आशिकी २’ को शूटिंगको क्रममा श्रद्धा र आदित्य निकै नजिक भएका थिए । तर, विभिन्न कारणले उनीहरुको सम्बन्ध अगाडी बढ्न सकेन । फेरी ‘रक अन २’ को सेटमा श्रद्धा र फरहान अख्तको अफेयरको खबरले चर्चा पायो । खबर त यो पनि छ कि श्रद्धाकै कारण फरहानलाई पत्नी अधुना भबानीले डिभोर्स दिएकी हुन । ‘रक अन २’ पछि श्रद्धाले ‘ओके जानूुं’ मा काम गरिन्, यो फिल्ममा उनी एक्स-ब्वायफ्रेन्ड आदित्य रोय कपूरसँग देखिइन् । अनस्क्रीन र अफस्क्रीन उनीहरुको जोडीलाई दर्शकहरुले खुबै रुचाए । प्रमोशनल इवेन्ट्ससँगै पार्टीजमा उनीहरुको केमिस्ट्री चर्चा हुन थाल्यो । विशेष फिल्म्सको पार्टीमा आदित्य-श्रद्धा नजिक भएको देखेर फरहान इनसिक्योर महसूस गर्न लागे ।
एक पपुलर वेबसाइटका अनुसार, आदित्यसँग फरहान निकै अपसेट थिए, यसै कारण नै यी दुईको झगडा भएको भारतीय मिडियाहरुले खबर प्रकाशन गरेका छन् । यसैबीच श्रद्धालाई यो कुरा थाहा भयो र उनी यो मामलाको ह्यान्डल गर्न पुगिन् । यति मात्र होइन, सिचुएशनलाई साम्य बनाउनका लागि श्रद्धा फरहानको घरमा समेत पुगेकी थिइन् । मंगलवार राती श्रद्धा फरहानको घरमा उनलाई मनाउनका लागि पुगेको बताइन्छ । रोमाञ्चक कुरा त यो छ कि आदित्यको गाडी फरहानको घरभन्दा केही टाढा थियो ।