बलीउड अभिनेत्री रानी मुखर्जीले छोरीलाई जन्मदिएको झण्डै १ बर्षपछि फिल्ममा कमब्याक गरेकी छिन् । उनी आफ्नो नयाँ फिल्म ‘हिचकी’ को शूटिंगमा इन्भल्व भइसकेकी छन् । हालैमा यशराज फिल्मसले सोसल मिडियामा उक्त कुराको जानकारी दिएको हो ।
रानी मुखर्जी यो फिल्मबाट ठूर्ला पर्दामा कमब्याक गर्न लागेकी हुन । केही दिन अगाडी मात्र यशराज फिल्मसले यो फिल्मको घोषणा गरेको थियो ।
यो फिल्मको सिद्धार्थ पी. मल्होत्राले डायरेक्ट गर्दैछन्, जसले यसअघि यशराज फिल्मको ‘वी आर फैमिली’ मा काम गरेका थिए । यो फिल्मको प्रोड्यूसर मनीष शर्मा हुन । यशराज ब्यानरको तल बनिरहेको यो तेस्रो फिल्म हो, जसलाई मनीष प्रोड्यूस गर्दैछन् । यसभन्दा पहिला मनीषले फिल्म ‘दम लगा के हईशा’ र ‘मेरी प्यारी बिंदू’ को प्रोड्यूस गरिसकेका छन् । अभिनेत्री रानीलाई अन्तिम पटक ‘मर्दानी’ फिल्ममा देखिएकी थिइन् । यो फिल्म फल्प भएपछि रानी आमा बनिन् र झण्डै २ बर्ष परिवारसँगै समय विताइन् । यशराजले यो फिल्मको बारेमा बताएका छन् कि ‘हिचकी’ एक पोजिटिभ र प्रेरणादायक कहानी हो । यो फिल्मबाट देखाइने छ कि कसरी एक महिला आफ्नो सबैभन्दा ठूलो कमजोरीलाई तागतमा बदलिनेछिन् ।