साल २०१३ मा ‘धूम ३’ सबैभन्दा हिट भयो । कैटरीना कैफ र आमिर खान स्टारर यसराज भेन्चरको यो फिल्मको यसभन्दा अगाडीका दुई फिल्मको तुलनामा सबैभन्दा बढी प्रमोट गरिएको थियो । क्लोज सोर्सले यो फिल्मको बारेमा हालैमा एक ठूलो खुलासा गरेको छ । सोर्सलाई मान्ने हो भने फिल्ममा मात्र कैटरीना कैफमाथी एक गीत फिल्मांकन गर्ने तयारी थियो, जसका लागि बकाइदा एक महिनासम्म कैटरीनाले रिहर्सल पनि गरेकी थिइन् । यसमा गीतमा कैटको डान्स मूव्सका अलवा कयौं स्टन्ट पनि गर्नु पर्ने थियो तर आमिरका कारण यो गीत फिल्मबाट हटाइयो । आमिर खान सधै नै आफ्नो फिल्ममा एडिटिंग प्रोसेस र क्रिएटिभ डिसीजनमा इन्टरफेयर राख्ने व्यक्तिको रुपमा चिनिन्छन् ।