‘बाजीगर’, ‘दस’ र ‘परदेसी बाबू’ जस्ता फिल्महरुमा आफ्नो दमदार अभिनय गरेकी अभिनेत्री शिल्पा शेट्टी ‘धडकन’ को सिक्वेल बन्नु पर्ने बताउँछिन् । उनलाई यो सोधियो कि के तपाई आफ्नो फिल्म वा कुनै गीतको रिमेक देख्न चाहनुहुन्छ ? यस विषयमा शिल्पाले भनिन्, “मैले यस विषयमा अहिलेसम्म सोचेको छैन । यो निर्माता र निर्देशकमा निर्भर रहन्छ । तर मलाई लाग्छ कि ‘धडकन’ को सिक्वेल बन्नु पर्छ ।”
अफवाह थियो कि फिल्ममा फवाद खान र सुनील शेट्टीको भूमिका सूरज पांचोली निभाउनेछन्, तर अहिलेसम्म यस विषयमा कुनै पनि आधिकारीक जानकारी प्राप्त भएको छैन । तर, अहिलेसम्म यसको काम पनि सुरु भएको छैन ।
अभिनयका अलवा, शिल्पा आफ्नो फिटनेसलाई लिएर पनि चर्चित छिन् । उनले वर्ष २०१५ मा आफ्नो योगा डीभिडी पनि लञ्च गरिन् ।