कलर्सको निकै चर्चित शो ‘थपकी प्यार की’ की निकै सुन्दर एक्ट्रेस जिज्ञासा सिंह आफ्नो रोल ‘थपकी’ का कारण दर्शकहरुमाझ निकै पपुलर छिन् । जिज्ञासा सिंहका फ्यानहरुका लागि भने दुखःद खबर बाहिर आएको छ कि ‘थपकी प्यार की’ को सेटमा एक घट्ना घटेको छ, जसमा उनलाई गम्भीर चोट लागेको छ ।
खबरका अनुसार, एक सीनको क्रममा जिज्ञासा निकै तेजले दौडिनु पर्ने थियो र त्यसै दौरान उनी ढलानबाट लडिन् । उनको अनुहार जमिनमा बजारियो र उनको केही दाँत टुटेको छ । यसै कारण उनको अनुहारमा पनि केही टाँका लगाइएको छ । लीड एक्ट्रेससँग उक्त घट्ना घटेपछि निर्माताहरुले अहिले शोमा लीप स्टोरीलाई रोकिदिएका छन् ।
गएको केही महिनादेखी शोको टिआरपीमा लगातार गिरावट आएका कारण निर्माताले शोमा केही चेन्ज गरेका छन् । अब यो शोमा एक १५ बर्षकी यूवतीको भूमिकामा देखिने खबर प्राप्त भएको छ । तर, अब शोका निर्माताहरुले कुनै पनि चेन्ज गर्ने विचार बदलेका छन् ।