जसरी-जसरी फिल्म ‘बाहुबली २’ को रिलिज डेट नजिक आउँदै गएको छ, त्यसरी नै फिल्मको चर्चा पनि अहिले खुबै भैरहेको छ । हालैमा बाहुबलीलाई लिएर नयाँ खबर बाहिर आएको छ । बताइएको छ कि यो फिल्मको टाइम ड्यूरेशन १७० मिनेटको छ ।
फिल्मका डायरेक्टर राजामौलीले ‘बाहुबली २’ को बारेमा बताउँदै भने कि यो फिल्म २ घण्टा ५० मिनेटको छ । मेरो एडिटर र टीम यसको पूरा ध्यान राखिरहेका छन् कि फिल्म ३ घण्टाभन्दा धेरै लामो नहोस् ।
यो फिल्मको सरप्राइज इन्ट्री लिक भएको छ । जसपछि यो लिक खबरले सबैलाई हैरान बनाएको छ । दोस्रो तर्फ यो इन्ट्रीको खुलासापछि फिल्मलाई लिएर फ्यान्सको कौतुहल्ता अझ बढेको छ । एक्टर प्रभास स्टारर डायरेक्टर एस एस राजामौलीको मेगाबजट फिल्म ‘बाहुबली २’ रिलिजभन्दा पहिला नै सोसल मिडियामा छाइरहेको छ । यो फिल्ममा जोडिएको एक ताजा खबर यो छ कि फिल्ममा प्रभास एक, दुई मात्र होइन ट्रिपल रोलमा देखिनेछन् । यो खुलासाले सबैलाई चकित बनाएको छ । यसमा प्रभासको दुई भूमिकाको विषयमा त सबैलाई थाहा थियो । ‘बाहुबली’ मा उनले पिता अर्थात अमरेन्द्र बाहुबली र दोस्रो छोराको रुपमा महेँद्र बाहुबली । अब खबर यो आएको छ कि प्रभास एक अर्को रोलमा नजर आउनेछन्, जसमा उनी महेन्द्र बाहुबलीको दाईको भूमिकामा देखिनेछन्, जसको नाम हुनेछ धमेन्द्र बाहुबली ।
२८ अप्रिल, २०१७ मा रिलिज हुन लागको यो फिल्ममा प्रभासका अलवा मुख्य भूमिकामा राणा दग्गुबाती, तमन्ना भाटिया, अनुष्का शेट्टी, सत्यराज र राम्या कृष्णन जस्ता स्टार कलाकारहरुको अभिनय छ ।