मुम्बई(एजेन्सी) । क्यान्सर जस्तो भयानक रोगबाट छुट्कारा पाएकी बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला मायाको चरित्रमा फिल्मी दुनियामा पुनरागमन गरेकी छन् । उनी बलिउड फिल्म ‘डियर माया’ मा मायाको भूमिकामा देखिन लागेकी हुन् । फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक भएको छ ।
समाचार अनुसार यो फिल्ममा मनिषा एक बुढी महिलाको भूमिकामा छिन् । जो जिन्दगीको साँचो प्यारको खोजीमा हुन्छिन् । ट्रेलरमा दुई युवा नायिका पनि देखिन्छन् । जो मायाको साँचो प्रेमको खोजी गर्न सहयोग गर्छन् । तर उनीहरुले यो काम गर्न एउटा घटना जोडिन्छ ।
फिल्मलाई सुनैना भटनागरले लेखन तथा निर्देशन गरेका हुन् । फिल्म जुन २ मा रिलिज हुँदैछ । यो बाहेक मनिषा सञ्जय दत्तको बायोपिकमा नरगिसको भूमिका निर्वाह गर्दैछिन् । जसमा राजकुमार हिरानीको निर्देशन रहनेछ ।