फिल्म ‘पशुपतिप्रसाद’को सफलतापछि सोहि टिमबाट तयार भएको फिल्म ‘धनपति’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । असार २३ लाई प्रदर्शन मिति तय गरिएको फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेता खगेन्द्र लामिछाने सामान्य मानिसको अवतारमा छन् ।
राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपति’ द्वन्द्वको चपेटामा परी पुर्वी तराईबाट राजधानी आएर बसेसँगै आएश्रोतको अभावमा पनि ईमान बोच्न नचाहँदै स्वाभिमानी जीन्दगी जीउँन खोज्दा उसको दैनिकीमा पर्ने प्रभावको कथा नै फिल्मको मुख्य सार हो ।
दिपेन्द्र के खनाल निर्देशित फिल्ममा खगेन्द्रको अपोजिटमा सुरक्षा पन्त लिड अभिनयमा छिन् भने यी दुईसँगै आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, प्रकाश घिमिरे, ज्याक श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।
आधासुरको संगीत रहेको फिल्मलाई निर्देशक खनालले नै खिचेका छन् । फिल्मका निर्मातामा रजना नापित र समिर देवकोटा छन् ।