साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रेमगीत २’ प्रतिच्छित बन्दैछ । केहि हप्ता पहिले रिलिज शिर्ष गीतले सामाजिक सञ्जालमा चर्चा बटुल्दै छ । २० लाख आसपासमा युट्युवमा ‘कहानी यो प्रेमगीतको’ बोलको शिर्ष गीत भ्यू भइसक्दा निर्माण टिमले पार्टी गीत रिलिज गरेको छ ।
‘कर्मा बार’ मा खिचिएको क्लव गीतमा लिड अभिनेता प्रदिप खड्का र अभिनेत्री स्वस्तिमा खड्का फिचरिङमा छन् । फिल्मको लागी स्वस्तिमाको उपस्थिती यो गीतमा मात्र हुनेछ । ‘मोटरसाईकलमा सरर’ बोलको गीतमा सुमधुर संगीत छ भने शब्द छिट्टै मनमा बस्ने खालमा छन् ।
स्कटिस संगीतको स्वादसँग एलिस कार्कीले नेपालीपन मिश्रण गरेका छन् । राजेशकुमार श्रेष्ठ र बबिनको शब्द रहेको गीतमा ईन्दिरा जोशी र प्रताप दासको स्वर छ । रेनशा राईले कोरियोग्राफी गरेकी छिन् । फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।
आशुसेन फिल्मस् को व्यानरमा बनेको फिल्ममा निर्माण सन्तोष सेनको छ । ओम गुरुङ कार्यकारी निर्मातामा छन् । फिल्मलाई नेपालसँगै बर्मा र थाईल्याण्डमा खिचिएको छ । आश्लेशा ठकुरी लिड अभिनेत्री छिन् ।
हेर्नुहोस गीतः