हास्य कलाकारको रुपमा परिचित जितु नेपाल (मुन्द्रे) पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । ‘पिरतीको चश्मा’ बोलको गीतमा उनी मोडलको रुपमा प्रस्तुत भएका छन् । यूवा हास्य व्यंग्यकार राजा राजेन्द्र पोख्रेलको गीतमा मुन्द्रे मोडल बनेका हुन् । जितुले राजा राजेन्द्र पोख्रेल आफूलाई मन पर्ने हास्यकलाकार तथा प्यारो भाई भएका कारण उनको गीतमा मोडलको रुपमा अभिनय गरेको प्रतिक्रिया दिएका छन् ।
यस अघि थुप्रै गीतमा अभिनय गर्ने प्रस्तावलाई अस्वीकार गर्दै आएका जितुले राजा राजेन्द्रको प्रस्तावलाई भने अस्वीकार गर्न नसकेको बताएका छन् । राजा राजेन्द्रको रोमान्टिक गीत उत्कृष्ट लागेकाले म्युजिक भिडियो आफु पनि देखिएको उनले स्पष्ट गरेका छन् ।
गीतमा जितुलाई सेलिब्रेटीकै भूमिकामा प्रस्तुत गरिएको छ । यस भिडियोमा जितु नेपालका साथै प्रथम खड्का, समारिका ढकाल लगायतको अभिनय छ । राजा राजेन्द्रको गीतमा राजुबाबु श्रेष्ठको शब्द रहेको छ भने राजनराज शिवाकोटीले संगीत भरेका छन् भने राजन ईशानले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् ।