संगीतकार अर्जुन पोखरेलको संगीत भन्ने वित्तिकै, हरेक गीतसंगीत प्रतिक्षामा हुन्छन् । नेपाली चलचित्रको संगीतमा अर्जुनले एउटा उचो नाम बनाइसकेका छन् । उनै, संगीतकार पोखरेलले कम्पोज गरेका असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’को अडियो जुकबक्स बाहिर आएको छ ।
केहि दिन पहिले ‘भन्छु आज’ बोलको भिडियो गीत सार्वजनिक गरेर चर्चामा आएको फिल्ममा समावेश अन्य दुई गीत अडियोमा आएका हुन् । उकत् गीत सँगै ‘किन आज तिम्रो मन’, र ‘कहाँ छ र’ बोलको गीतको अडियो बाहिर आएको हो । सबै गीतमा पोखरेलको संगीत छ ।
पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ ।
सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।