वलिउड वक्सअफिसमा तहल्का मच्चाउँदै कमालको विजनेस गरेको वलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म ‘दंगल’को पछिल्लो हप्ता मात्रै चीनमा रिलिज भयो । चिनियाँ भाषामा डविङ सहित रिलिज भएको फिल्मले उक्त देशमा पनि कमालको विजनेस गरेको छ ।
चीन रिलिजको पहिलो हप्तामै फिल्मले २ सय करोडको विजनेस गरेको वलिउड मिडियाले लेखेका छन् । कोईमोई टडकमको समाचार श्रोत अनुसार यो फिल्मले रिलिजको दोश्रो शुक्रबार आउँदासम्म २ सय १ करोड भारतिय रुपियाँको चिजनेस गरेको छ ।
आमिरको यो फिल्म स्पोर्ट्स जनरामा आधारित छ । फिल्म चीनमा मात्रै ७ हजार पर्दामा एकसाथ रिलिज भएको छ । आमिरकै फिल्म ‘पिके’ले चीनमा जम्मा १ सय करोडको विजनेस गरेको थियो ।