मुम्बई(एजेन्सी) । हलिउड सिडक्ट्रेस मर्लिन मुनरोको त्यो क्लासिक पोज अहिलेसम्म पनि उत्तिकै चर्चित छ, जुन पोजले श्यामस्वेत फिल्मको समयमा पनि रंगीन सपना देख्न जोकोहीलाई बाध्य बनाउँथ्यो । हावामा उडेको आफ्नो सेतो कपडालाई हातले सम्हालेको मुनरोको त्यो मुस्कानमय पोज अहिले पनि लिजेण्ड तस्वीरका रुपमा विश्वचर्चित छ ।
मुनरोको त्यो अन्दाजलाई विश्वभरीका सेलिब्रेटीले धेरैपटक पछ्याइसकेका छन् । हालै मात्र बलिउड अभिनेत्री कल्की कोचलिनले पनि मुनरोको शैली पछ्याउँदै फोटोसुट गराएकी छन् । तर उनको यो फोटोसुट आकस्मिक किसिमको थियो । समाचार अनुसार कल्की दिल्लीमा एक पं्रोडक्टको प्रमोशनल अभियानको हिस्सा बनेकी थिइन् ।
कार्यक्रमको बेला कल्कीले गुलाबी रंगको कपडा पहिरिएकी थिइन् । जसको शैली मर्लिन मुनरोको प्रख्यात सेतो लुगासँग मिल्दोजुल्दो थियो । पोज दिएर फोटो खिचाइरहँदा कल्कीको लुगा एक्कासी हावामा उड्यो । लुगा बिग्रन सक्ने सम्भावित अवस्थालाई मध्यनजर गर्दै उनले तुरुन्तै लुगा सम्हालिन् । कल्कीको हाँसो र लुगा सम्हाल्ने शैलीले उनको तस्वीर खिच्ने फोटोग्राफरलाई मर्लिनको झझल्को दिलायो ।